Rule 63
बन व्यवस्थापन गरी वन पैदावारको सङ्कलन
(१) स्वीकृत कार्ययोजना बमोजिम वन व्यवस्थापन गरी वन पैदावारको सङ्कलन गर्दा वार्षिक स्वीकार्य कटान परिमाणमा नबढ्ने गरी गर्नु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाढी, पहिरो, हिमपात, हावाहुरी, आगजनी, कीरा र रोगको सङ्क्रमण जस्ता विपद्जन्य घटनाका कारण वन पैदावारमा क्षति पुग्न गई वन पैदावार सड्ने वा नासिने अवस्था भएमा त्यस्तो वन पैदावारलाई वनक्षेत्रबाट सङ्कलन गर्न स्वीकृत कार्ययोजनाले तोकेको वार्षिक स्वीकार्य कटान परिमाणको हदले बाधा पुच्याएको मानिने छैन।

(३) उपनियम (२) मा उल्लिखित विपद्जन्य घटनाका कारण बन पैदावारमा क्षति हुन पुगेमा डिभिजनल वन अधिकृत वा निजले खटाएको वन अधिकृतले तत्काल स्थलगत निरीक्षण गरी घटनाको मिति र क्षतिको प्रारम्भिक विवरण सहित जिल्ला विपद्‌ व्यवस्थापन समितिलाई जानकारी दिनु पर्नेछ।

(४) डिभिजनल-वन अधिकृतले उपनियम (३) मा उल्लेख भए बमोजिमको क्षति हुन पुगेको वन पैदावारको मापन तथा लगत मूल्याङकन गरी जिल्ला विपद्‌ व्यवस्थापन समितिको सिफारिसमा निर्देशनालय मार्फत प्रदेश मन्त्रालयको स्वीकृति लिई सङ्कलन तथा बिक्री वितरण गर्न सक्नेछ।

(५) उपनियम (४) बमोजिम काठ, दाउरा सङ्कलन भएपछि कार्ययोजनाको वार्षिक स्वीकार्य कटान परिमाणलाई पुनरावलोकन गरी वन कार्ययोजनामा समावेश गर्नु पर्नेछ।

(६) यस नियममा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक रुपमा आफैं ढलेका रुखको लगत मूल्याङ्कन वार्षिक स्वीकार्य कटान परिमाण भन्दा बढी भएमा आगामी वर्षको वार्षिक स्वीकार्य कटान परिमाणमा मिलान गर्ने गरी डिभिजन वन कार्यालयको सहमति लिई सङ्कलन गर्न सकिनेछ।

(७) साझेदारी वनबाट काठ, दाउरा (सङ्कलन गर्दा नियम १९ बमोजिम छपान तथा मूल्याङ्कन गरी गर्नु पर्नेछ।